News Portal

‘द पोएट आइडल’ सिजन २ को उपाधि सिक्किमका सिमियोनलाई

रातोपोस्ट संवाददाता
२१९ पटक

काठमाडौँ, १३ जेठ । ‘द पोएट आइडल’ सिजन २ को ग्य्राण्ड फिनालेमा सिक्किमका कवि सिमियोन सुकिता राई तीन प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बनेका छन् । विजेता घोषणा भएसँगै कवि राईले १० लाख रुपैयाँ र अन्य सुविधाहरु पनि प्राप्त गरेका छन् ।

‘द पोएट आइडल’ सिजन २ को शनिबार आयोजित ग्य्राण्ड फिनालेमा धादिङकी कवयित्री डा. मुस्कान पोखरेल, धनगढीका कवि मोहित जोशी, इलामका कवि विजय लुइँटेलले पनि ट्रफी र अन्य सुविधाहरु प्राप्त गरेका छन् ।

अमन प्रताप अधिकारी निर्देशक र दिव्यदेव पन्त प्रस्तोता रहेको टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ माघ २९ गतेदेखि हिमालय टिभीमा प्रसारण हुँदै आएको थियो । कार्यक्रमका ‘जज’हरुमा विप्लव प्रतिक, अनुप बराल, उपेन्द्र सुब्बा र केकी अधिकारी रहेका थिए l ‘द पोएट आइडल’ सिजन १ को विजेता पनि सिक्किम निवासी कवि निलम गुरुङ बनेकी थिइन् ।

प्रतिकृया दिनुहोस्