News Portal

रतुवा खोलाले जिप बगाउँदा दुईजनाको मृत्यु

रातोपोस्ट संवाददाता
१२६ पटक

झापा, २१ जेठ । झापा र इलाम सीमावर्ती चुलाचुली गाउँपालिका वडा- ५ मा रतुवा खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु भएको छ । इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हो ।

जिपमा सवारमध्ये दुई जनाको शव भेटिएको इलामका प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । गाडी खोलाले बगाएको ठाउँ भन्दा केही तल एक जना बच्चा र महिलाको शव प्रहरीले भेटाएको छ ।

उनीहरूको पहिचान खुलिसकेको छैन । गाडीको एउटा चक्का मात्रै फेला परेको छ । गाडी भेटिएको छैन । प्रहरी पुगेर घटनास्थलमा उद्धार र अनुसन्धान थालेको छ,’ एसपी प्रभु ढकालले भने ।

जिपलाई चपेटी भन्दा माथिको रतुवा खोलाले बगाएको थियो । उक्त जिपमा चालकसहित ६ जना यात्रु सवार थिए । ६ जनामध्ये ४ जनाको उद्धार भएको छ । खोलामा बच्चा र महिलाको शव भेटिएको उनले बताए ।

प्रतिकृया दिनुहोस्