News Portal

बारामा क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या

रातोपोस्ट संवाददाता
४५ पटक

बारा, ३२ जेठ । बाराको मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या भएको छ । शुक्रबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

आदर्श कोतवाल गाउँपालिका–२ खजुरियाबाट सदरमुकाम कलैयातर्फ जाँदै गरेका कुशवाहामाथि वडा नं ३ स्थित भतिनिया क्षेत्रमा अज्ञात समूहले गोली प्रहार गरेको थियो । हत्यामा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहालाई उपचारका लागि वीरगन्ज लगिएको थियो। उनको वीरगन्ज न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो

प्रतिकृया दिनुहोस्