रातोपोस्ट संवाददाता
झापा, ३ असार । अविराल बर्षासहित परेको चट्याङ लागेर आज विहान मेचीनगरमा गोठमा बाँधी राखेको दुई वटा राँगा मरेका छन् ।
मेचीनगर नगरपालिका– ३ भावना टोल बस्ने योगेन्द्र भट्टराईको गोठमा बाँधिएका राँगा चट्याङ लागेर मरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको राँगा मर्दा रु. एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार एउटा माउ भैसी पनि घाइते भएको छ ।