News Portal

सिलीगुडीमा रेल दुर्घटना हुँदा सात जनाको मृत्यु

रातोपोस्ट संवाददाता
१६९ पटक

झापा, ३ असार । भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङ नजिक सिलीगुडीमा सोमबार बिहान रेल दुर्घटना भएको छ । सिलीगुडीको रंगापानी स्टेसन नजिकै भएको रेल दुर्घटनामा परी अहिलेसम्म ७ जनाको मृत्युको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मृतक तथा घाइतेहरूको सङ्ख्या अझै बढ्ने सक्ने अनुमान गरिएको छ । सोमबार बिहान करिब ९ बजेको समयमा न्यु जलपाईगुरी रेल्वे स्टेसनबाट छुटेको कञ्चनजंगा एक्सप्रेस (१३१७४)लाई एउटा मालगाडी रेलले पछाडिबाट ठक्कर दिएको थियो ।

कलकत्ता जाँदै गरेको कञ्चनजंगा एक्सप्रेस रातो सिङ्गलका कारण रोकिरहेको थियो । सोही बेला पछाडिबाट आएको मालगाडी रेलले ठक्कर दिएको थियो । ठक्करबाट यात्रु बोकेको कञ्चनजंगा एक्सप्रेस तीनवटा डिब्बा क्षतिग्रस्त भएको छ ।

घटनास्थलमा एक जना कोपो पाइलटको मृत्यु भएको छ । अहिले उद्धार कार्य जारी रहेको जनाइएको छ । घटना दु:खद भएको बंगालका मुख्यमन्त्री ममता बनर्जीले जानकारी गराउँदै उद्धार तथा राहत कार्यमा जुटन अपिल गरेकी छन् ।

प्रतिकृया दिनुहोस्