झापा, ३ असार । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका निर्वाचित सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज खानेपानीको सभाहलमा सम्पन्न सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सरकारको खानेपानी, सिँचाई तथा उर्जामन्त्री एकराज कार्की रहेका थिए ।
निर्वाचन समिति संयोजक राजु कार्कीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र बितरणका साथै सपथ समेत खुवाएका थिए । मन्त्री कार्कीले नवनिर्वाचित समितिलाई अविर र फुलमाला लगाएर बधाई दिएका थिए । मन्त्री कार्कीले ‘खानेपानी ऐन’ ल्याउन लागिएको बताएका छन् । उनले सबै नागरिकको घर–घरमा स्वच्छ खानेपानी पुर्याउन खानेपानी ऐन ल्याउने कार्ययोजना तयार गरेको दावी गरे ।
आगामी आर्थिक वर्ष २०८१/०८२ मा उक्त योजना अघि सारिएको छ । ‘खानेपानी ऐन’ खानेपानी ऐनमा स्थानीयले त्यसको संरक्षण गर्ने नीति ल्याएको उनको भनाई छ । कार्यक्रममा कोशी प्रदेश सभाका सदस्य गोपाल तामाङ, मेचीनगर नगरपालिकका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेती, नवनिर्वाचित अध्यक्ष रोहित बुढाथोकी, अध्यक्षका उपविजेताद्वय सन्तोष आचार्य, सुदर्शन खड्का, निवर्तमान अध्यक्ष राजकुमार पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा निवर्तमान सांसद श्रीप्रसाद मैनाली, मेचीनगरका पुर्व मेयर विमल आचार्य, नेपाली काग्रेसका क्षेत्रीय सभापति ईन्द्र बुढाथोकी, नेकपा एमालेका मेचीनगर इन्चार्ज चन्द्र प्रसाई, नेपाली काग्रेसका नगर सभापति सुदय पनेरु, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरीया, नेकपा समाजवादीका नगर अध्यक्ष हरि तिम्सिना, राष्टिय स्वतन्त्र पार्टीका नगर सभापति कमल गाैतम, राप्रपाका नगर सचिव विशाल बास्ताेला लगायतका अतिथिहरुकाे उपस्थित रहेकाे थियाे । निर्वाचन समिति संयोजक राजु कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य ज्ञानेन्द्र घिमिरेले गरेका थिए भने स्वागत सुभद्रा अर्याल भट्टराईले गरेकी थिइन् ।