News Portal

शवदाह गृह बनाउन उपमेयरद्वारा जग्गा दान

रातोपोस्ट संवाददाता
२४५ पटक

रौतहट, ४ असार । रौतहटको गरुडा नगरपालिकाकी उपमेयर पुनम चौधरीले आफ्नो स्वर्गीय श्रीमानको नाममा शवदाह गृह निर्माणका लागि जग्गा दान गरेकी छिन् ।

गरुडा नगरपालिका- ४ स्थित चाँदी खोला किनारमा स्वर्गीय मनोज चौधरीको नामबाट शवदाह गृह निर्माणको लागि उपमेयर चौधरीले २ कठा १० धुर जग्गाको जग्गा दान गरेकी हुन् । उनले जग्गाधनी प्रमाणपत्र लालपुर्जा गरुडा नगरपालिका वडा नम्बर- ४ लाई हस्तान्तरण गरिन् । सो क्षेत्रमा शवदाह गृहको आवश्यकता महसुस गर्दै १० लाख बढी मूल्य पर्ने जग्गा दान गरेको चौधरीले बताइन् ।

कोरोनाको समय अल्पायुमै मृत्यु भएका मनोज कुमार चौधरीको नामबाट शवदाह गृह बनाउन गरुडा नगरपालिकाको मेयर कन्थमणि जयसवालको रोहवरमा वडा- ४ का अध्यक्ष सुनिल जयसवाललाई जग्गाको लालपुर्जा हस्तान्तरण गरिएको उपमेयर चौधरीले बताएकी छिन् । स्वर्गीय चौधरी सञ्चार क्षेत्रबाट समेत आबद्ध रहेका थिए।

प्रतिकृया दिनुहोस्