News Portal

बंगलादेशमा आरक्षणविरोधी आन्दोलन, ३५ जनाको मृत्युपछि देशभर कर्फ्यु

रातोपोस्ट संवाददाता
८६ पटक

एजेन्सी, ५ साउन । बंगलादेशमा आरक्षणविरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यु घोषणा गरेको छ । आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ ।

बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन चलिरहेको थियो । तर यो आन्दोलनले अहिले हिंसात्मक रूप लिएको छ । राजधानी ढाकालगायत धेरै सहरमा विगत केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठुलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको छ । प्रहरी र आन्दोलनकारीबिच धेरै ठाउँमा झडप भएको छ ।

शुक्रबार नरसिङदीको कारागारमा आक्रमण गरी सयौँ कैदी रिहा भएपछि प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यु घोषणा गरेको हो । सरकारका प्रेस सेक्रेटरी नइमुल इस्लाम खानले अब शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिने बताए।

प्रतिकृया दिनुहोस्