News Portal

गञ्जी लगाएर मनाङे मन्त्रीको कुर्सीमा

रातोपोस्ट संवाददाता
२८४ पटक

काठमाडौं,१२ साउन । गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले एकसरो गञ्जी लगाएर सरकारी कार्यकक्षमा ‘ड्यूटी’ गरिरहेको फोटो सार्वजनिक भएको छ । प्रदेश सरकारमा मनाङे छैठौंपटक मन्त्री नियुक्त भएका हुन्‌ । एक समय ‘गुण्डानाइके’ को छवि बनाएका मनाङेलाई पछिल्लोपटक मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

स्वतन्त्र उम्मेदवार मनाङे मनाङ प्रदेश सभा निर्वाचन क्षेत्र (ख) र नेपाली काँग्रेसका‍ नेता पाण्डे गोरखा-२ (ख) बाट विजयी भएका हुन्‌ । पछिल्लो समय मनाङेले सरकारी कार्यालयमा मदिरा पिउँदै कार्यपालिकाको सामान्य मर्यादासमेत नराखेको, तथानाम बोलेको र गुण्डागर्दीकै शैली देखाउन थालेको सेवाहग्राहीहरूको गुनासो छ । सार्वजनिक भएको निजको तस्बिर चाहिँ केही दिन अघिको हो ।

मन्त्रालयका एक कमर्चारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘सो दिन उनी गञ्जी लगाएरै कार्यकक्षमा बसेका थिए । मदिरा पिउँदै हामी (कर्मचारी) माथि अपशब्द प्रयोग गरे । सेवाग्राहीलाई पनि त्यही हुलियामा भेटे ।’ यस्तै अस्वाभाविक गतिविधिका कारण मनाङे पटकपटक विवादित बन्ने गरेका छन्‌ ।

प्रतिकृया दिनुहोस्