News Portal

धुलाबारी क्याम्पसकाे साधारण सभा सम्पन्न, अध्यक्षमा खवास चयन

रातोपोस्ट संवाददाता
२३२ पटक

झापा, २६ साउन । धुलाबारी क्याम्पसकाे बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । आज मेचीनगर- १० स्थित धुलाबारी क्याम्पसकाे भवनमा बार्षिक साधारण सभा सम्पन्न भएकाे हाे । साधारण सभाले अध्यक्षमा भिम खवासलाई चयन गरेकाे छ । उनी यसअघि पनि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए ।

समितिकाे उपाध्यक्षमा पुनित बंशल, सदस्यहरूमा वीपी भट्टराई, कृष्ण काैशल, सुष्मा कार्की डाेली, नमिता बुढाथोकी, शुशिला रिजाल, मेचीनगर नगरपालिका प्रमुख वा प्रतिनिधिका एक जना, कार्यक्रम संयाेजक एक जना, पीयुका प्रतिनिधि एक जना र सदस्य सचिवमा क्याम्पस प्रमुख पुष्पराज पाैडेल सर्वसम्मत चयन भएका छन् ।

३ वर्षे कार्यकाल रहने कार्यसमितिकाे नाम निर्वाचन समिति संयाेजक अधिवक्ता अजय घिमिरेले सार्वजनिक गरेका थिए । निर्वाचन समिति सदस्यमा टीका पाैडेल थिए ।

कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका मेयर गाेपालचन्द्र बुढाथोकी, क्याम्पसका संस्थापक उपाध्यक्ष राम कट्टेल, मेचनगर-१५ का वडाध्यक्ष गुणराज भट्टराई (राजन), तत्कालीन क्याम्पस भवन निर्माण समितिका सचिव पुनित बंशल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । धुलाबारी क्याम्पसमा २०४८ पुस २ गतेदेखि पठनपाठन सुरू भएको हाे । क्याम्पसमा डिप्लाेमा सम्मकाे सिभिल इन्जिनियरिङ कक्षासञ्चालन भइरहेकाे छ ।

क्याम्पसले आगामी असाेज महिनामा प्राविधिक क्याम्पसकाे औँपचारिक रूपमा उद्घाटन गरिने भएको छ । क्याम्पस परिसरमा जग्गादाता र चन्दादाताहरूकाे नामावली भएकाे शिलालेख समेटिएको स्तम्भ राखिने बताइएकाे छ । धुलाबारी क्याम्पसका अध्यक्ष भिम खवासले अध्यक्षकाे बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । खवासकै अध्यक्षता र स्वागतमा सम्पन्न कार्यक्रमकाे सञ्चालन क्याम्पस प्रमुख पुष्पराज पाैडेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्