News Portal

मेचीनगरमा आदिवासी जनजाति महासंघकाे तीनदिने तालिम सुरु

रातोपोस्ट संवाददाता
२३३ पटक

झापा, ३० साउन । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मेचीनगरले तीनदिने तालिम कार्यक्रम सुरु भएको छ ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मेचीनगर समितिको आयोजनामा उद्वघाेषण, व्यक्तित्व तथा नेतृत्व विकास सम्बन्धि तालिम साउन ३१ गतेसम्म चल्ने छ भने तालिम साउन २९ गते मङ्गलबारदेखि धुलाबारीमा सुरु भएको हो । प्रशिक्षण कार्यक्रमको उद्घाटन प्रदेश सांसद गाेपाल तामाङले गरेका थिए ।

सो अवसरमा सांसद तामाङले तालिममा सिकेका कुराहरु व्यवहारमा लागू गर्न सुझाव दिएका थिए । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मेचीनगरका अध्यक्ष नरेन्द्र कुमार तामाङको अध्यक्षता तथा सञ्चालन नगरकी सचिव शाबित्रा लिम्बुले गरेकी थिइन् ।

कार्यक्रमलाई मेचीनगरका पुर्व नगरप्रमुख बिमल आचार्य, नेपाली कांग्रेसका नेता सोभा नेम्बाङ, मणि उप्रेती, प्रेम सबाम्फे, राम कट्टेल, इन्द्र बहादुर बुढाथोकी, नेपाली कांग्रेसका नगर सभापति सुदय पनेरु, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका जिल्ला सभापति दिलबहादुर नेम्वाङ, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका क्षेत्रिय सभापति राम मगरलगायतले शुभकामना दिएका थिए । कार्यक्रममा १०० जना सहभागिता रहेका छन् भने तालिमकाे प्रशिक्षण पत्रकार तथा साहित्यकार लिला अनमाेलकाे रहेकाे छ । प्रशिक्षणकाे समापन सांसद विश्वप्रकाश शर्भाले गर्ने कार्यक्रम रहेकाे आदिवासी जनजाति महासंघका नगर सभापति तामाङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्