News Portal

गृहपृष्ठ प्रदेश ३, मुख्य समाचार, राष्ट्रिय, समाचार

राष्ट्रिय सभाका १९ सदस्य चुन्न आज मतदान, प्रतिस्पर्धामा ५१ उम्मेदवार

काठमाडाै, ११ माघ । राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदैछ। निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन सम्बन्धित सबैमा आग्रह गरेको छ।निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहित तयारी कार्य पूरा भएको जनाउँदै आयोगले...बाँकी

आजदेखि स्वस्थानी व्रत प्रारम्भ कलाकर्मी

काठमाडौं, ११ माघ । आज माघ ११ गते बिहीवारदेखि स्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रतमा नेपाली हिन्दू धर्मावलम्बी महिलाले एक महिनासम्म स्वस्थानी व्रत लिने र...बाँकी

ललितपुरका नापी सर्वेक्षक यादवसहित तीनजना घुससहित पक्राउ

काठमाडौं, १० माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ। आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले मंगलबार नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश...बाँकी

स्थानीय तहमा मनमौजी कर्मचारी भर्ना

काठमाडौँ, ९ माघ । स्थानीय तहले मनमौजी रूपमा कर्मचारी भर्ना गर्न थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी भर्नाको मापदण्ड बनाउने गृहकार्य सुरु गरेको छ ।मुख्यसचिव डा. वैकुण्ठ अर्यालले मन्त्रालयहरूका सचिवलाई डाकेर स्थानीय तहमा...बाँकी

प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी ढकाललाई

काठमाडौँ, ४ माघ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले केन्द्रीय प्रवक्ताको जिम्मेवारी पाएका छन् । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बुधबार डीआईजी ढकाललाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन् । प्रहरी महानिरीक्षकको...बाँकी

पेट्रोल, डिजल र मट्टितेलको भाउ एक रुपैयाँले घट्यो

काठमाडौँ, २ माघ । आजदेखि नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रूपैयाँले घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २६, डिजल प्रतिलिटर...बाँकी

त्रिशुली नदीमा खसेको गाडी बोलेरो भएको पुष्टि, मानिस भेटिएनन्

चितवन, २ माघ । नारायणगढ–मुग्लिन सडकखण्डबाट त्रिशुली नदीमा खसेको गाडी बोलेरो (सिंगल क्याविन) भएको खुलेको छ। सशस्त्र प्रहरी बलको गोताखोर टोलीले पानी भित्र गएर खोजी गर्दा बोलेरो गाडी भेटिएको हो। गोताखोरको टोलीले गाडीमा कुनै पनि...बाँकी

सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय

काठमाडौं, २५ पुस । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् । यसअघि गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका...बाँकी

प्रहरीले सार्वजनिक गर्‍यो रामबहादुर बमजनलाई

काठमाडौं, २५ पुस । प्रहरीले काठमाडौंको बुढानिलकण्ठको हात्तिगौँडाबाट पक्राउ परेका रामबहादुर बमजनलाई सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज बमजनलाई सार्वजनिक गरेको हो । हिजो साँझ पक्राउ परेका बमजनलाई आज नै सर्लाही...बाँकी

सहकारीपीडितलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

काठमाडाैं, २४ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँको तिनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले सहकारीका केही व्यक्ति...बाँकी