News Portal

झिलझिलेमा जीपको ठक्करबाट एक महिलाको मृत्यु

रातोपोस्ट संवाददाता
५९५ पटक

झापा, असोज १३ । झापाको झिलझिलेमा मंगलबार साँझ जीपको ठक्करबाट एक ४० वर्षीय महिलाको मृत्यु भएको छ।

पुर्वबाट पश्चिम जादैँ गरेको बा ११ च ५९९० नम्बरको बोलेरो जिपले ठक्कर दिँदा शिवासताक्षी- ८ झिलझिलेकी कमला चापागाईंको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय झिलझिले अगाडि भएको सो दुर्घटनाबाट गम्भीर घाइते भएकी चापागाईंको उपचारका क्रममा बि एंड सी हस्पिटलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जबेगुले बताए।

दुर्घटनामा संलग्न चालक शिवासताक्षी नगरपालिका वडा- ९ बस्ने ४३ वर्षीय अमृतबहादुर योङ्हाङ्गलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।

प्रतिकृया दिनुहोस्