News Portal

मेचीनगरमा आजदेखि हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरु

रातोपोस्ट संवाददाता
१४६ पटक

झापा, १९ बैशाख । ड्राइगन युथ क्लबको आयोजनामा दुई दिवसीय हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । झापाको मेचीनगर–९ स्थित टिमाई बाटिकाकाे खेलमैदान हुने पहिलने खेलमा एनएमसी काँकरभिट्टा र विर्तामोड सुपर पाेन्ज विच हुने ड्राइगन युथ क्लबका अध्यक्ष राजु धिमालले बताए ।

प्रतियोगितामा एनएमसी काँकरभिट्टा, बिर्तामोड सुपर पन्च, ब्लाक कोब्रा, धाइजन बोइज, ड्राइगन ११, हिमालयन एकाडेमी कलेज, बिवाईसीसी बिर्तामोड, धुलाबारी टाइगर्स, चर्सी सुपर सिक्र्स दमक, सरस्वती क्रिकेट एकाडेमी, हल्दीबारी, च्यावलनी गाउँ, एचएमसी, बिर्तामोड १, भद्रपुर वारियर्स, मेचीनगर ८ को सहभागिता रहनेछ ।

टुर्नामेन्टमा प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र अन्य विद्याका खेलाडीहरुलाई समेत पुरस्कार प्रदान गरिने उनले बताए । उक्त प्रतियोगिताको मुख्य प्रायोजकमा मेचीनगर–१० को हिमालय एकाडेमी तथा सहआयोजकहरुमा मेचीनगर–९ को हिमालयन अंग्रेजी मावि, होटल मेची क्राउन, इष्ट होराइजन अंग्रेजी मावि र पारीजात अंग्रेजी मावि रहेका छन् ।

प्रतिकृया दिनुहोस्