News Portal

लकडाउन पछि सुनसान काँकरभिट्टा

रातोपोस्ट संवाददाता
५३९ पटक

झापा, १४ साउन । झापाकाे मेचीनगर नगरपालिकामा सिल गर्ने निर्णय भएपछि बजारहरु सुनसान भएकाे छ। नगरपालिकाले साउन १३ गते मध्यरातको १२ बजेदेखि साउन १९ गते मध्यरातको १२ बजेसम्म सिल गर्ने निर्णय गरेकाे हुनाले बजार सुनसान भएकाे हाे ।

सधैँ ब्यस्त रहने काँकरभिट्टा, धुलाबारी र चारआली बजारका सडक सुनसान बनेका छन्। लकडाउनकाे पहिलाे दिन एम्बुलेन्स, सुरक्षाकर्मीसहित पानी र खाद्यान्न ढुवानीका गाडी, केहि मात्रामा लामाे दुरीका गाडी मात्र चलेका छन्। सिमित मात्रामा सडकमा निस्किएका सर्वसाधारणलाई सुरक्षाकर्मीले साेधपुछ गर्ने र अत्यावश्यक कामबाहेककालाई सम्झाइबुझाई फर्काइदिने गरेका छन्।

निमित्त नगरप्रमुख उप्रेतीले यस अघि नै अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन भीडभाडमा हुने सबै खाले कार्य बन्द गर्न सबैमा आग्रह गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्