News Portal

कर्णालीमा डुङ्गा पल्टिदा तीन जना बेपत्ता

नयाँ पत्रिका
८७४ पटक

काठमाडौं। सुर्खेतको चौकुने गाउँपालिका– २ स्थित कर्णाली नदीमा डुंगा पल्टिँदा तीनजना बेपत्ता भएका छन् ।

शुक्रबार साँझ करिब साढे ६ बजे कैलालीको मोहोन्याल गाउँपालिका– २ कोलतडी जाने क्रममा डुंगा पल्टिएको हो ।

ढुंगा पल्टिँदा सुर्खेत चौकुने गाउँपालिका– २ धमुका डम्मर विकका १० वर्षीय छोरा हिरु विक, मोहाेन्याल गाउँपालिका– २ कोलतडीकी २५ वर्षीया मानकु विक र उनका चार वर्षीय छोरा धनबहादुर विक रहेको अस्थायी प्रहरी पोस्ट लगामका असइ सुविन शाहले बताए ।

‘लकडाउनका कारण कर्णाली नदीको पुलबाट आवतजावत बन्द गरिएपछि कैलालीबाटै डुंगा मगाएका थिए,’ असइ शाहले भने,‘ डुंगाचालक भने पौडी खेलेर सकुशल उत्रिएका रहेछन् ।’ बेपत्ताहरको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्