News Portal

सुपर सिक्स क्रिकेटकाे फाइनल खेल शनिबार हुने

रातोपोस्ट संवाददाता
८१ पटक

झापा, २० बैशाख । झापाको मेचीनगरमा ड्राइगन युथ क्लबको आयोजनामा २ दिवसीय हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिताकाे फाइनल खेल शनिबार दिउँसो १ बजे हुने भएको छ । झापाकाे मेचीनगर-९ को टिमाई बाटिका खेल मैदानमा आयोजित क्रिकेट प्रतियोगितामा १६ टिमकाे सहभागी रहेका थिए ।

आगामी शनिबार दिउँसो १ बजे सेमिफाईनल र फाईनल खेल हुने खेल संयाेजक राजु धिमालले जानकारी दिए । धुलाबारी टाईगर र बिर्तामोड सुपर पन्च, चर्सि सुपर सिक्सर दमक र बिर्तामोड -१ उपाधिको लागि प्रतिस्पर्धा गर्ने उनले बताए ।
प्रतियोगितामा प्रथम र द्वितीय घोषित टिमलाई ३० हजार र २० हजार नगद ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरिने आयोजकको भनाई छ ।

उक्त प्रतियोगिताको मुख्य प्रायोजकमा मेचीनगर–१० को हिमालय इङ्लिस एकाडेमी तथा सह-आयोजकमा मेचीनगर–९ को हिमालयन अंग्रेजी मावि मेचीनगर- ९, होटल मेची क्राउन, इष्ट होराइजन अंग्रेजी मावि र पारीजात अंग्रेजी मावि प्रायोजक रहेकाे छ भने प्राबिधिक सहयोग झापा जिल्ला क्रिकेट संघकाे रहेकाे छ ।

प्रतिकृया दिनुहोस्