News Portal

झापाका थप २८ जनाले जिते कोरोना

रातोपोस्ट संवाददाता
७३९ पटक

धरान : कोरोना भाइरसको संक्रमणपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका झापाका २८ पुरुष निको भएर घर फर्किएका छन् । प्रतिष्ठानमा भर्ना भएका उनीहरुको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि सोमबार राति ११ बजे डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रबक्ता डा. निदेश सापकोटाले जानकारी दिए।

कोरोना जितेर घर फर्किनेमा झापको विभिन्न ठाउँका १८ देखि ५६ वर्ष उमेरका समूहका पुरुष रहेको डा. सापकोटाले बताए । उनका अनुसार प्रतिष्ठानमा भर्ना भएकामध्ये पहिलो पटक १८, दोस्रो पटक तीन र तेस्रो १२ र चौथो पटक २८ जना गरी हालसम्म ६१ जना संक्रमित निको भएर घर फर्किएका छन्।

प्रतिष्ठानमा हाल कोरोना ५५ जना कोरोना संक्रमित उपचाररत छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानको मेडिशन विभाग प्रमुख तथा कोभिड अस्पतालको आइसोलेसन वार्डका इन्चार्ज प्रा.डा संजिवकुमार शर्माले जानकारी दिए।

प्रतिकृया दिनुहोस्