News Portal

अर्जुनधारामा चट्याङ लागेर एक व्यक्तिको मृत्यु

रातोपोस्ट संवाददाता
७६ पटक

झापा, २५ बैशाख । झापाको अर्जुनधारास्थित खुदुनाबारीमा चट्याङ लागेर एकजना पुरुषको मृत्यु भएको छ । साविक खुदुनाबारी गाविस हाल अर्जुनधारा नगरपालिका वडा नम्बर २ चौरासे बस्ने ५४ वर्षीय मोहनप्रसाद दुलालको चट्याङ लागेर आज दिउँसो मृत्यु भएको हो ।

आज करिब ४ः५० बजे घरनजिकैको मकैबारीमा मल लगाउँदै गर्दा परेको चट्याङले उनलाई लागेको थियो ।दुलाललाई चट्याङ लागेर छाती तथा पेटको भागमा पिल्सिएर घाइते अवस्थामा बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

उनको उपचारको क्रममा आज साँझ ६ः२० मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

आज लामो समयपछि झापाका केही स्थानमा चट्याङसहित छिटफुट वर्षा भएको थियो ।

प्रतिकृया दिनुहोस्