News Portal

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पहिरो, क्षतिको विवरण आउन बाँकी

रातोपोस्ट संवाददाता
३९५ पटक

सिन्धुपाल्चोक, साउन ३० । सिन्धुपाल्चोकमा बिहान खसेको पहिरोले जुगल गाउँपालिका – २ नम्बर वडामा २१ घर पुरिएका छन्। पहिरोले जनधनको क्षति कति भयो खुलिसकेको छैन।

‘२१/२२ घर पहिरोमा परेको जानकारी आएको छ। अहिले उद्धारका लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी त्यसतर्फ लागिसक्नु भएको छ,’ जुगल गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रताप लामाले भने, ‘माथिल्लो भेगमा भएकाले अवस्था के छ सबै जानकारी पाइसकेका छैनौं, त्यता जाँदैछौं।’

जनधनको क्षति धेरै हुने आँकलन भए पनि यकिन विवरण आउन सकेको छैन। जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले हेलकप्टरबाट उद्धारका लागि जाने तयारी भइरहेको जानकारी दिएका छन्। ‘के कसो भएको यकिन छैन। हेलिकप्टर लिएर उद्धारमा जाने तयारी गरिरहेका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘पहिरो गएको क्षेत्रको अवस्था अहिले नै भन्न सकिने स्थिति छैन।’

प्रतिकृया दिनुहोस्