News Portal

राष्ट्रपति भण्डारीद्वारा दुई महिनाको पारिश्रमिक र दसैं खर्च “कोरोना कोषमा” जम्मा

रातोपोस्ट संवाददाता
३५६ पटक

काठमाडाै, ५ कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापि काेराेना महामारीकाे रूपमा फैलिएकाे  नाेबल काेराेना भाइरस (काेभिड- १९) काे राेकथाम एवम् नियन्त्रनका लागि  नेपाल सरकारद्वारा स्थापित “कोरोना भाइरस संक्रमण राेकथाम तथा उपचार काेष” मा   चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक र  चाडपर्व खर्च वापत प्राप्त हुने रकम  प्रदान गरेकी छिन्।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड –१९को रोकथाम एवं नियन्त्रणका लागि स्थापित सो कोषमा आफूलाई चाडपर्व खर्चवापत प्राप्त हुने रकम पनि राष्ट्रपतिले प्रदान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्