News Portal

संखुवासभामा अज्ञात समूहले राखेको बम डिस्पोज

रातोपोस्ट संवाददाता
८८८ पटक

संखुवासभा, ४ मंसिर।  संखुवासभाकाे पाँचखपन नगरपालिका-४ फापुङमा अज्ञात समूहले राखेको बम डिस्पोज गरिएको छ। पाँचखपनको वाना–खाँदबारी सडक खण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले जानकारी दिए।

बुधबार साझ अज्ञात समुहले खाँदबारी-वाना सडक खण्डमा बेवारिस बम राखेको थियो। उक्त बेवारिस बम बिहिबार विहान ८ बजे सदरमुकाम खाँदबारीबाट गएको बराह दल गुल्मको टोलीले बम निष्क्रिय पारेको प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुढाथोकीले बताए।

बम कसले र कुन उद्देश्यले राखिएको हो भन्ने खुल्न नसकेपनि पछिल्लो गतिविधिका आधारमा विप्लव कार्यकर्ताले राखेको हुनसक्ने बुढाथोकीले बताए। बम राख्ने समूहको खोजी कार्य तीव्र पारिएको प्रहरी उनले बताए।

खाँदबारी-वाना सडक खण्डमा शंकास्पद वस्तु देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय वानामा खबर गरेका थिए।

विप्लव कार्यकर्ताले पछिल्लो समय गतिविधि बढाएपछि प्रहरीले पनि सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

प्रतिकृया दिनुहोस्