News Portal

अझै केही दिन अविरल वर्षा हुने, उच्च सावधानी अपनाउन आग्रह

रातोपोस्ट संवाददाता
४९६ पटक

झापा,  १९ असार  । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको बुलेटिनअनुसार अझै केहि दिन भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाकाअनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ।    झापामा निरन्तरको बर्षा पछि  नदिहरुमा पानीको बहाब बढ्ने क्रम जारी रहेकाे छ ।

जिल्लामा रहेका कनकाई, मेची, बिरिङ, रतुवा, अन्धुवा, निन्दा, टिमाई खोला लगायतमा पानीको बहाब निरन्तर बढिरहेकाले जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन जल तथा मौषम विभागले आवहान गरेको हो ।

झापासहित मोरङ, सुनसरी, इलाम लगायतका जिल्लामा अध्याधिक बर्षा भइरहेकाले ती जिल्लाका नदिहरुमा जुनसुकै बेला ठुलो बाढी आउन सक्ने भन्दै मौषम विभागले नदी आसपासका क्षेत्र तथा होचा स्थानहरुमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्