News Portal

बागमती प्रदेशसभाको बैठक फेरि पनि स्थगित

रातोपोस्ट संवाददाता
४५२ पटक

हेटौंडा, २६ असार । आज बस्ने भनिएको वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ।

बैठक भोलि आइतबार बिहान साढे ११ बजे बस्ने गरि स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक अवरुद्ध हुँदै आएको छ।

यसअघि असार १९ र २१ गते बसेको प्रदेशसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा वाग्मती प्रदेश सरकारले ल्याएको गौरवको योजनामा रहेको भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न नहुने, विद्युतीय बस सञ्चालन गर्न नहुने तथा प्रदेश सरकार आफैले सञ्चारगृह स्थापना गर्न नहुने सहितका माग राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र तथा प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए ।

प्रतिकृया दिनुहोस्