News Portal

डा. गोविन्द केसीले सुरू गरे बाइसौं सत्याग्रह

रातोपोस्ट संवाददाता
२२२ पटक

काठमाडाै, २९ वैशाख । डाक्टर गोविन्द केसीले शनिबारदेखि बाइसौं सत्याग्रह सुरू गरेका छन्। विभिन्न चार माग राखेर शनिबार अपराह्न ४ बजेदेखि उनले सत्याग्रह सुरू गरेका हुन्।

‘अन्तिम अल्टिमेटमको अवधिमा पनि हाम्रा मागहरू सम्बोधन नभएको हुनाले आज २०८१ वैशाख २९ गते ४ बजेदेखि बाइसौं सत्याग्रह सुरू गर्ने घोषणा गर्दछौं,’ पत्रकार सम्मेलन गर्दै उनले भनेका छन्।

यस्ता छन् मागहरू:-

१. सशस्त्र द्वन्द्वकालमा मानवता विरोधी घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरून्त राजीनामा। निष्पक्ष रूपमा र पीडितहरूले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरियोस्।

२. सबै नेपालीलाई गुणस्तरीय साथै नि:शुल्क औषधि उपचारको व्यवस्था गरियोस्।

३.जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँच सम्बन्धी – गेटामा तुरून्त प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेस प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज /प्रतिष्ठान तुरून्त निर्माण गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी ऐन तुरून्त पारित गर्न लगायत सबै सम्झौताहरू कार्यान्वयन गर्न र,

४. कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरूलाई कारबाही गर्न माग गरिन्छ।

प्रतिकृया दिनुहोस्