News Portal

धुलाबारीमा दिइँदैछ युवाहरुलाई प्राविधिक तालिम

रातोपोस्ट संवाददाता
२६३ पटक

मेचीनगर, २७ वैशाख । घरेलु तथा साना उद्योग कार्यालय झापाको आयोजना तथा मेची उद्योग वाणिज्य संघको संयोजनमा युवाहरुलाई एसी तथा फ्रिज मर्मत सम्बन्धी एक महिने एडभान्स तालिम दिइने भएको छ । १८ बर्ष पुरा भइ ३५ बर्ष ननाघेका युवाहरुलाई एक महिने तालिम दिइने भएकाले आवेदन दिन वाणिज्य संघले आग्रह पनि गरेको छ ।

मेची उद्योग वाणिज्य संघको सभाहल मेचीनगर-१० धुलाबारीमा संचालन हुने यस तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई आवश्यक स्टेशनरी र दिवा खाजाको समेत व्यवस्था गरिने संघका महासचिव दिनेश शाक्यले एक सुचना जारी गर्दै जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्