News Portal

गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते

रातोपोस्ट संवाददाता
४११ पटक

काठमाडौं, १३ साउन । गुल्मीको मुसिकोट नगरपालिका–४ मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको गुल्मीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले बताए।

शान्तिपुरबाट सदरमुकाम तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका–४, शान्तिपुरका तेजेन्द्र कार्की, चन्द्रकोट–५ का रेशम कार्की र एक महिलाको मृत्यु भएको हो। मृतक महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा अरु सात जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको एसपी भट्टराईले बताए। घाइते सबैलाई उद्धार गरेर प्रहरीले उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्याएकाे छ ।

प्रतिकृया दिनुहोस्