News Portal

आज अन्तर्राष्ट्रिय महिला दिवस

रातोपोस्ट संवाददाता
२६५ पटक

काठमाडाैं, २४ फागुन । ११२ औं अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले ८ मार्च सन् १९११ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा आज विश्वभर महिला दिवस मनाउने प्रचलन रहेको हो ।

राजनीतिक तवरबाट सुरु भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंसा उन्मूलन आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् । सर्वप्रथम २८ फेब्रुअरी १९०९ मा नारी दिवस मनाइएको थियो । सो मितिमा पहिलोपटक संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले त्यहाँको एक कपडा उद्योगका महिला मजदुरहरूको विद्रोहको सम्झनामा यस दिवसको आयोजना गरेको थियो ।

१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हड्तालमा जाने निर्णय गरे ।

प्रतिकृया दिनुहोस्