शैलेस दाहाल रिडर्स झापाका अध्यक्ष हुन् । मेचीनगरस्थित रिडर्स झापाका गतिविधि धेरैजसो काँकरभिट्टा र ईटाभट्टामा हुने गर्छन् । जीवन र समाजसँग सम्बन्धित विभिन्न विषयलाई गहिराइमा बुझ्न अध्ययन र अन्तरक्रिया महत्वपूर्ण हुन्छ भन्ने मान्यता राख्ने रिडर्स झापाका सदस्यहरू साप्ताहिक अन्तरक्रिया, पठन गोष्ठी,साहित्यिक र सांस्कृतिक कार्यक्रम आयोजना गर्छन् । केही वर्षअघिसम्म नेपाल र भारतका नेपालीभाषी माझ पनि कहलिएको कला साहित्य उत्सव नामको महत्वपूर्ण कार्यक्रमका चार संस्करण सम्पन्न गरेको थियो रिडर्स झापाले। फेरि एकपटक त्यस्तै कार्यक्रमको तयारीमा जुटेका बेला बोर्डरल्यान्डले यस संस्थाका अध्यक्ष दाहालसँग संवाद गरेको छ । सो संवादको सम्पादित अंश यहाँ प्रस्तुत छः
रिडर्स झापामा तपाईँको संलग्नता कहिलेदेखि हो ? तपाई संलग्न भएदेखि अहिलेसम्म सामाजिक संस्थाका रुपमा रिडर्स झापा बदलियो कि उस्तै छ ?
रिडर्स झापा स्थापना गर्नेमध्येको एक सदस्य म पनि हो । २०६३ सालतिर हामी केही साथीहरू साताको केही दिन भेटेर गफ गर्दा धेरैजसो पत्रपत्रिका, किताब, र सिनेमाबारेगफ गर्थ्यौं । यही मेसोमा हामी मध्येका उज्ज्वल प्रसाईत्यसबेला साहित्य र समाजशास्त्रमा स्नातक गर्दै थिए र साथै कञ्चनङ्घा एफएममा कार्यरत पत्रकार पनि भए । उनैले हामी सप्ताहन्तमा भेटेर गर्ने गफलाई अलि व्यवस्थित र संस्थागत रूप दिनु कसो हुन्छ भनेर प्रस्ताव ल्याए । सुरुमा हामी बिर्तामोड गएर गफमा जुट्न थाल्यौँ । केही सातापछि सबैलाई काँकरभिट्टा नै पायक पर्ने भएर, शनिबार बिहान भेटेर गफिन थाल्यौँ । केही वर्ष यसरी नै बसेपछि सार्वजनिक कार्यक्रमहरू पनि थाल्यौँ । औपचारिक कार्यक्रमका लागि भने दर्ता आवश्यक भयो र हामीले २०६९ सालतिर जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गरेर औपचारिकता दियौं । त्यसलगत्तै पहिलो कला साहित्य उत्सव गर्यौं । नेपालमा आयोजना हुने ठूला साहित्यिक र बौद्धिक उत्सव मध्येको एक हुन पुग्यो कला साहित्य उत्सव । ठूला कार्यक्रम र उत्सव सबैतिर प्रचार हुने भए पनि, त्यो एउटा सानो पाटो मात्रै हो हाम्रो, हामीले खास गर्ने भनेको त पठन गोष्ठी, साप्ताहिक विमर्श, र विभिन्न विषयका अनुभवी र ज्ञान सम्पन्न मानिसहरु सँगको गहिरो संवाद नै हो । सुरु गर्दा बढी छरिएको र अनौपचारिक थियो, अहिले धेरैजसो व्यवस्थित अध्ययन र अन्तरक्रिया गर्छौं । पहिला हाम्रो कुनै कार्यालय थिएन, अहिले भेटघाटका लागि ईटाभट्टामा थलो फेला पारेका छौँ। अरु उस्तै हो ।
तपाईँहरू फैलने र धेरै मान्छेलाई सदस्य बनाएर संस्था ठूलो बनाउनेतिर लाग्नुभएन नी रु तपाईँकै अनुभवमा रिडर्स झापाका मुख्य सीमितता के हुन् ?
राजनीतिक सङ्गठनको सिको गरेर हामीले काम गरेनौँ । सदस्य बन्ने कुनै खास औपचारिक प्रक्रिया पनि तय गरेका छैनौँ । सातामा हुने भेटघाटमा नियमित आउने, पठन शृङ्खलामा सहभागि हुने, र कार्यक्रमहरूमा सक्रियता देखाउने सबै हाम्रा सदस्य हुन् । कार्यक्रम इत्यादि गर्नका लागि औपचारिक दर्ता आदि जरुरी हुँदैनथ्यो भने सायद हामीले संस्था दर्ता नै पनि नगर्न सक्थ्यौँ । किनभने, कुनै एनजीओ वा त्यस्तो किसिमको ढाँचामा स्रोत जम्मा गर्ने र नाफा उबारेर फैलने अनि सबैतिर प्रभाव जमाउने बारे कहिल्यै सोचेनौँ । यो आफैँमा हाम्रो सीमितता पनि हुन सक्छ ।
अभिष्ट नै अनौपचारिक प्रकृतिको रहने र एउटा खुला किसिमको अध्ययन र अन्तरक्रियाको मञ्चको रुपमा यो रहोस् भन्ने भयो पहिल्यैदेखि । अहिले पनि हामी त्यसरी नै काम गरिरहेका छौं । आज संस्था दर्ता गरेर भोलि नै झोला थापेर पैसा माग्न हिड्ने उपक्रम नगरेकै कारण पनि सानै स्वरूपमा भए पनि हामीलाई विगत १८ वर्षदेखि केही न केही काम गरिरहन सम्भव भएको होला । सायद हाम्रो सीमितता भनेकै रिडर्स झापाको खुलापन, यसले आयोजना गरेका कार्यक्रममा आउन र सहभागि हुन नचाहिने कुनै औपचारिक प्रक्रिया, अध्ययन र अन्तरक्रियाको लोकतान्त्रिक चरित्र हो । सिमाबद्धता र औपचारिक सोपानतन्त्र मान्ने संस्थामा रत्तिएका धेरैलाई काम गर्ने यो शैली अनौठो लाग्छ । कतिपयलाई पटक्कै चित्त नबुझ्दो पनि लाग्छ । कतिपयलाई कार्यक्रम गर्ने अनौपचारिक शैली, लम्बेतान आशन ग्रहणको लर्को नलगाउने प्रवृत्ति, र लामा बेतुक भाषणबाजी भन्दा विषय केन्द्रित दोहोरो सवाल जवाफ गर्ने चलन पनि रुच्दैन । हाम्रा काफी खोट हुन सक्छन्, तर हाम्रो मूल अभिष्ट लोकतान्त्रिक विमर्शलाई खँदिलो र बौद्धिक रुपमा सबल बनाउँ भन्ने हो ।
अहिले झापाको धुलाबारी, बाहुनडाँगी, बिर्तामोडतिर पनि रिडर्स क्लबहरू खुलेको सुनिन्छ । यसबारे तपाईँकोधारणा के छ ?
पढ्न, पढेका विषयमा गफ गर्न, र अन्य बौद्धिक क्रियाकलाप गर्न समूहहरू बन्नु, संस्था खडा हुनु, र अध्ययनको प्रक्रिया स्वाभाविक जीवनशैली बन्न थाल्नु अत्यन्त राम्रो हो । हाम्रो त ध्येय नै त्यही हो । हरेक पटक यस्ता संस्था वा समूह बनेको सुन्दा हामी हर्षित हुन्छौँ । हाम्रै काम देखेर मात्र यी सबै भएका होइनन् होला, कतिपयले हाम्रा बारे थाहा नपाएरै पनि यस्ता काम थाल्नुभएको होला । तर कसैले हामीले नै गरेका काम हेरेर प्रेरित भएर यस्ता अभियान थालेको हो भने, त्यो उत्तिकै सुखद कुरा हो । हामीले पनि अरु धेरैले धेरै ठाउँमा धेरै पटक गरेकै काम दोहोर्याएका हौं । पढ्ने र पढेका विषयमा गफ गर्ने उपक्रममा ज्ञानका अनेक ढोका खुलेका छन्, सिर्जना भएका छन्, ज्ञान उत्पादन भएका छन् । यद्यपि यस्ता समूह बनाउने र संस्था निर्माण गर्ने हामी जस्ताका अघिल्तिर केही महत्वपूर्ण सवाल भने छन् । हामीले थालेका काममा हामी आफैं कति इमानदार छौँ रु त्यसको दिगोपनका लागि कति समय छुट्याउन सक्छौं रु अनि, शान, मान, र दामका लागि मात्रै यस्ता संस्थालाई औजार बनाउँछौ वा असल नियतसाथ सिर्जनात्मक भएर काम गर्छौं रु यी प्रश्नका इमानदार जवाफ दिन सक्नेले यस्ता काम गरे समाजलाई बढी लाभ हुन्छ । ज्ञान र विवेकको महत्ता स्थापित हुन्छ ।
रिडर्स झापामा अहिले कस्ता कार्यक्रम चल्दैछन् रु भविष्यमा हुने कामहरू केही तय भएका छन् ?
यो २०८१ लाई हामीले पर्यावरण अध्ययन वर्षका रुपमा मनायौँ । पर्यावरणसँग जोडिएका अनेक पेचिलो सवाल एकसाथ राजनीतिक, आर्थिक, र सांस्कृतिक सवाल पनि हुन् । यसका जटिलता र आयाम धेरै छन् । त्यसैले पर्यावरण र जलवायु सङ्कटबारे हामीले ध्यानपूर्वक सोच्न, र नबुझिएका अनेक पाटा बुझ्न जरुरी छ भन्ने लागेर हामीले पठन गोष्ठी ९रिडिङ्ग सेमिनार० आयोजना गर्यौं । करिब दुई महिना यस विषयमा लेखिएका गहकिला लेख पढ्यौँ र केही डकुमेन्ट्री हे¥यौं । यसका साथै, यिनै विषय वरपर काम गरिरहेका अभियन्ता र रुचि भएका व्यक्तित्वसँग अन्तरक्रिया आयोजना गर्यौं । हाम्रा भेगमा भएका जङ्गल, सिमसार, र खोलानाला बारे सूचना र तथ्यहरूका आधारमा पर्यावरण थप बिग्रन नदिन कस्ता कदम र सोच आवश्यक होलान् भनेर विमर्श भए । अहिले पनि हामी यिनै विषय वरपर निरन्तर अध्ययन र अन्तरक्रियाकै क्रममा छौँ । आउने फागुनमा हामी कला साहित्य उत्सवको पाँचौँ संस्करण गर्नेछौँ । सो कार्यक्रममा पनि हामी पर्यावरण र जलवायु सङ्कटका विषयलाई प्राथमिकतासाथ उठाउनेछौँ ।
तपाईँहरू जे गरिरहनुभएको छ र जे योजना बनाउँदै हुनुहुन्छ, यी सबै क्रियाकलापबाट समाजलाई कसरी लाभ हुन्छ ?
हामी जस्ता आम मान्छेमा जीवनबोध गहिरो भएमा, समाज र प्रकृतिको बुझाई गहकिलो बनेमा, हामीमाझ हुने अन्तरक्रिया परिष्कृत हुन्छ, हाम्रा सम्बन्धहरू न्यायपूर्ण बन्न सक्छन् । यो प्रक्रिया मजबुत बन्दै गए लोकतन्त्र सबल बन्नेछ । संसार बाँच्नलायक हुनेछ । यद्यपि यो कुनै जादु होइन र यो कुनै निश्चित गन्तव्य पनि होइन, यो त प्रक्रिया हो, र यो निरन्तरता हो ।