News Portal

सरकारको नीति तथा कार्यक्रम: सरकारले यसवर्ष नयाँ गाडी नकिन्‍ने

रातोपोस्ट संवाददाता
२४२ पटक

काठमाडौं, २५ पुस । सरकारले यसवर्ष नयाँ गाडी नकिन्ने प्रतिवद्धता जनाएको छ । सरकारमा रहेका दलहरूले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा मितव्ययी बन्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै नयाँ गाडी नकिन्ने विषय न्यूनतम साझा कार्यक्रममा राखिएको बताए ।

अर्थमन्त्री पौडेलले यो वर्ष सरकारले गाडी नकिन्ने र नयाँ सार्वजनिक निकाय खोल्न रोक लगाउने बताए । यसअघि पनि सरकारले नयाँ गाडी नकिन्ने नीति लिए पनि विभिन्न समयमा विभिन्न बहानामा गाडी किनिएको छ ।

अघिल्लो आर्थिक वर्षमा विदेशी मुद्राको सञ्चितिका कारण दबाबमा परेको सरकार यस वर्ष चालु खर्चसमेत धान्न नसक्‍ने गरी राजस्व घाटामा भएपछि समस्यामा परेको छ । अर्थमन्त्री पौडेलले सरकार जतिसक्यो धेरै मितव्ययी बन्‍न खोजेको बताए । एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले सरकारको कामलाई मार्गदर्शन हुने गरी न्यूनतम साझा कार्यक्रम तयार पारेका हुन् ।

प्रतिकृया दिनुहोस्