रातोपोस्ट संवाददाता
काठमाडौं, ३ माघ । जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोपमा कलाकार पल शाहलाई सफाइ दिएको छ ।न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो ।
एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो ।
जिल्ला अदालत तनहुँले सफाइ दिए पनि पल जेलमुक्त भने नहुने भएका छन् । पलले जिल्ला अदालत नवलपरासी पूर्वको फैसला अनुसारको सजाय भुक्तान गरिरहेका छन् ।