News Portal

लुटपाटको उद्देश्यले निराको हत्या

रातोपोस्ट संवाददाता
२१६ पटक

काठमाडौँ, १७ बैशाख । निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)ले आइतबार विश्वकर्मालाई सार्वजनिक गरेको हो।

प्रहरीले सुनका लागि निराको हत्या भएको निष्कर्ष निकालेको छ। निराले करिब एक तोला सुनको सिक्री लगाएको र त्यही सिक्रीको लागि विनोदले उनको हत्या गरेको प्रहरीको भनाइ छ।काठमाडौँको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते व्यवसायी निरा पाण्डे आचार्य (निरु)को हत्या भएको थियो।

प्रहरीका अनुसार घटना भएको दिन विनोदले निराको पसलमा गएर दुई–तीन घण्टा कुरा गरेका थिए। त्यसपछि उनी पैसा झिक्न एटीएम जाने भनेर निस्किएका थिए।तर एटीएम भने पसलमै छाडेको र केहीबेरमा आएर पछाडिबाट निरामाथि छुरा प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार त्यसक्रममा निराले प्रतिकार गर्न खोजेकी थिइन्।

प्रतिकृया दिनुहोस्