News Portal

रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति

रातोपोस्ट संवाददाता
१९० पटक

काठमाडौँ, १ जेठ । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

सोमवार जिल्ला अदालत काठमाडौँले रायमाझीलाई तीन थुनामा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । उनका अनुसार हिरासतमा राख्ने अनुमति लिन उनलाई अदालतमा उपस्थित गराइएको थियो । रायमाझी आइतवार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।

रायमाझीलाई वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएकामा १२औँ दिनमा वैशाख ३१ गते पक्राउ गरिएको थियो । उनका छोरा सन्दीपलाई भने सोही दिन पक्राउ गरिएको थियो ।घटनामा अहिलेसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईसहित १३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्