News Portal

एसइईको नतिजा सार्वजनिक

रातोपोस्ट संवाददाता
२७० पटक

काठमाडौं, २१ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)ले बिहीबार एसइई नतिजा सार्वजनिक गरेको हो। बोर्डको बैठक बसेर एसइईको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो।

२०७९ चैत १७ गतेदेखि सञ्चालन भएको एसइईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए। त्यसका लागि देशभरि दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको थियो। जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिए । जुन गत वर्षको भन्दा ४.६३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ९ हजार ६३३ विद्यार्थीले ए प्सल जीपीए ल्याएका थिए ।

बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो । २०७८ पुस ७ गते निर्देशिका जारी गरिएको थियो। त्यस लगत्तै फागुन १७ गते पहिलो संशोधन गरिएको थियो। संशोधनअनुसार यस पटक साबिककै प्रावधानअनुसार नतिजा सार्वजनिक गरिएको हो। न्यूनतम ३५ प्रतिशत नल्याए अवर्गीकृत उल्लेख गर्ने व्यवस्था २०८० सालको एसइईदेखि मात्र कार्यान्वयनमा आउने छ।

प्रतिकृया दिनुहोस्