रातोपोस्ट संवाददाता
काठमाडौँ, १८ साउन । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आज संवैधानिक परिषद्को बैठक बस्दै छ ।
गत मंगलबार पहिलो पटक बसेको बैठक निष्कर्षबिहिन भएपछि आजलाई पुन: बोलाइएको हो । साँझ ५ बजे बस्ने आजको बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी छ । आगामी साउन २० गतेदेखि प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने भएकाले संवैधानिक परिषद् बैठक बस्न लागेको हो ।