News Portal

२३ लाख ७१ हजार बराबरको सुनसहित मोरङबाट एक जना पक्राउ

रातोपोस्ट संवाददाता
६३९ पटक

मोरङ, साउन २४ । मोरङ जिल्लाको विराटनगर महानगरपालिका- १६ दरैयाबाट साउन २४ गते एपीएफ टोलीले करीब २३ लाख ७१ हजार रुपैयाँ बराबरको दुई सय ६७ ग्राम दुई सय २० मिलिग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही महानगरपालिका- १७ बस्ने ५५ वर्षीय शेमपेन गुप्ता छन्। उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको एपिएफ टोलीले सो सुनसहित पक्राउ गरेको हो।

साइकलमा दुध बोकी हिँडिरहेको अवस्थामा शंका लागि एपिएफ टोलीले जाँच गर्दा उनका साथमा सुन फेला परेको थियो। निज गुप्ताको साथबाट पाँच हजार रुपैयाँ र एउटा मोबाइल सेट समेत बरामद गरेको छ।

प्रतिकृया दिनुहोस्