News Portal

सशस्त्र प्रहरीका ९ जवानमा कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
५३० पटक

महोत्तरी, साउन २४ । महोत्तरीमा ९ सशस्त्र प्रहरीसहित १४ जनामा आज कोभिड- १९ पुष्टि भएको छ।

सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र बर्दिवास नगरपालिका- ४ स्थित सशस्त्र प्रहरी बल, प्रदेश–२ छिन्नमस्ता बाहिनीका एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यससँगै जिल्लामा अब कूल सङ्क्रमितको संख्या ८६८ पुगेको प्रदेश(२ स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोभिड- १९ पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ। रासस

प्रतिकृया दिनुहोस्