News Portal

सुन पसलमा लाखौं ठगी गर्ने युवती पक्राउ

रातोपोस्ट संवाददाता
३३७ पटक

काठमाडौं, साउन २९। झुक्याएर सुनका गरगहना ठगी गरेको आरोपमा एक युवतीलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको शान्तिनगर–६ घर भई काठमाडौं नयाँबानेश्वर बस्ने २९ वर्षीया शारदा मगर छिन्।

मगरले सिन्धुपाल्चोक घर भई नयाँबानेश्वर बस्ने रमिता रन्जित श्रेष्ठको गरगहना झुक्याएर ठगी गरेको आरोप लागेको छ। मगरले श्रेष्ठको ४ लाख ३६ हजार रुपैयाँ बराबरको गरगहना ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बुधबार पक्राउ परेकी उनलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्