News Portal

शिवसताक्षी नगरपालिकामा फेरि एक साता लकडाउन थपियो

रातोपोस्ट संवाददाता
६७१ पटक

शिवसताक्षी,भदौ ८ । झापाकाे शिवसताक्षी नगरपालिकामा एक साता लकडाउन थपिएको छ । नगरकाे कार्यपालिका बैठलकले १५ गते राती १२ बजेसम्म सम्म लकडाउन गर्ने निर्णय गरेको हो । नगरले यस अघि भाद्र १ गतेबाट लकडाउन गरेको थियो ।

वैठकले अतिआवश्यक स्वास्थ्य संस्था, औषधी पसल, दुध डेरी पूर्ण रुपले सञ्चालन गर्ने र सैलुन, होटल र व्युटिपार्लर पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको नगर प्रवक्ता नविन इजमले बताए । अन्य व्यवसायहरु विहान ८ बजेबाट १२ बजेसम्म भौतिक दुरी कायमगरी स्वास्थ्य सुरक्षा अपनाई सञ्चालन गर्नु पर्ने प्रवक्ता इजमको भनाई छ ।

बैंक तथा वित्तीय संस्थाहरु १० बजेबाट १ बजेसम्ममा सञ्चालन गर्नु पर्ने नगरले जनाएको छ । सबै प्रकारका भेला, सभा, सम्मेलन गोष्ठी, योग शिविर लगायतका मानिस जम्मा भएर गर्ने कार्यक्रमहरु पूर्ण रुपमा रोक लगाएको छ ।

शिवसताक्षीको समुदायमा कोरोना भाइरस संक्रमण बढ्न थालेपछि नगरले संक्रमण न्यनिकरण र रोकथामका लागि लकडाउन गरी समुदायमा पिसिआर परीक्षण गर्न थालेको छ। संक्रमितको सम्पर्कमा रहेका मानिसहरुको परीक्षणको दायरा बढाएको छ।

August 24, 2020 4:18

प्रतिकृया दिनुहोस्