News Portal

मेची अस्पताललाई रोटरी क्लबले दियो पिसिआर मेसिन

रातोपोस्ट संवाददाता
१०२३ पटक

झापा, असोज १५ । रोटरी क्लब अफ रिजन– ७ को पहलमा भद्रपुरस्थित मेची अस्पताललाई एक थान पिसिआर परीक्षण मेसिन हस्तान्तरण गरिएको छ ।

मेची प्रादेशिक अस्पताल भद्रपुरका प्रमुख सोम पोर्तेलको प्रमुख आतिथ्यमा भएको कार्याक्रममा डिस्ट्रिक सेक्रेटरी सुशील रिजाल, एजी सपना रिजाल,नवीन कुमार श्रेष्ठ, रोटरी क्लव बिर्तामोडका अध्यक्ष निर्मल भट्टराई, बिर्तामोड मिडटाउनका प्रशान्त भण्डारी लगायतले संयुक्त रुपमा उक्त मेसिन मेची अस्पताललाई हस्तान्तरण गरेका थिए ।

मेसिन ग्रहण गर्दै अस्पतालका सञ्चालक समिति अध्यक्ष समेत रहेका पोर्तेलले रोटरीले प्रदान गरेको मेसिनले अस्पताललाई कोरोना परीक्षणमा थप सहज हुने बताएका छन् ।

कोरोना परीक्षणको दायरा बढाएको खण्डमा पनि अव सहजै कोरोना परीक्षण गर्न सकिने बताउँदै पोर्तेलले भने – यस अघि दैनिक १३ सय स्वावको नमूना परीक्षण गर्न सकिने अवस्था रहेपनि अब थप परीक्षण गर्न सकिने बताएका छन् ।

मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. पिताम्वर ठाकुरले दाताले प्रदान गरेको मेसिनको संरक्षण र मेसिनको सही सदुपयोग गर्ने कार्यमा चुनौति थपिएको बताए । उनले भने, हात्ती किन्न सजिलो छ, तर राख्ने ठाउँको व्यवस्थापन र पाल्न मुस्किल छ । दाताले प्रदान गरेको मेसिनले मेची अस्पताललाई थप जिम्वेवारी बोध गराएको डा ठाकुरले बताए ।

मेसिन हस्तान्तरण कार्यक्रममा वोल्दै रोटरी क्लवका डिस्ट्रिक सेक्रेटरी रिजाल रोटरीले सातै प्रदेशमा एक एक थान मेसिन प्रदान गर्ने कार्यक्रम रहेको बताए । सोही अनुरुप प्रदेश १ को मेची अस्पतालाई पीसीआर मेसिन उपलब्ध गराएको बताए ।

कार्यक्रममा बिर्तामोड मिडटाउनका प्रशान्त भण्डारी, भद्रपुरका आदित्य पराजुली, काँकरभिट्टाका कृष्ण कान्त खनिया, सुरुङ्गाका टिका प्रसाद कट्टेल, दमककी शान्ता नेपाल ढकाल लगायतको सहभागीता रहेको थियो । क्लबका बिर्तामोड अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मिन प्रकास मैनालीले ग थियो ।

प्रतिकृया दिनुहोस्