News Portal

झापामा थप ४ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९३५ पुग्यो

रातोपोस्ट संवाददाता
४३४ पटक

झापा, १९ असोज । झापामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार थपिनेमा एकजना महिलासहित ४ जना स्थानीयलाई कोरोना संक्रमण पुष्टि भएको हो । त्यसमध्ये बिर्तामोडका १ जना पुरुषको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बिर्तामोड नगरपालिका–५ नम्बर वडाका ८२ वर्षका पुरुष, दमक नगरपालिका–५ र १ का ५१ र ५२ वर्ष उमेरका १ जना महिला र १ जना पुरुष र गौरादह नगरपालिका–६ नम्बर वडाका ६३ वर्षका पुरुषमा कोरोना संक्रमण भएको बताए ।

उनीहरु मध्ये बिर्तामोडका १ जना पुरुषको मृत्यु भएको छ । संक्रमित सबै स्थानीय रहेको चौलागाईले जानकारी दिए । गौरादहका संक्रमित बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा उपचार गराइरहेका छन् ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ९३५ पुगेको छ । ८३२ जना निको भएका छन् । हालसम्म झापामा १० जनाको मृत्यु भईसकेको छ । झापामा हालसम्म २६ हजार ८१८ जनाको स्वाबको नमुना संकलन गरिएको छ ।

प्रतिकृया दिनुहोस्