News Portal

विप्लव नेकपाले स्थापना दिवसकाे दिन सैन्य शक्ति प्रदर्शन गर्दै मनाउने

रातोपोस्ट
९२० पटक

काठमाडौं, असोज २१ । मंसिर ८ गते नेत्रविक्रम चन्द (विप्लव) नेत्रित्वकाे नेपाल कम्युनिस्ट पार्टीले  पार्टी स्थापना दिवस धुमधामसँग मनाउने चर्चा चल्न थालेकाे छ । प्राप्त जानकारीअनुसार त्यसदिन सैन्य शक्ति समेत प्रदर्शन गर्ने हल्ला रहेपनि हालसम्म उक्त पार्टीले अाधिकारिक रूपमा भने कुनै सुचना तथा विज्ञप्ती जारी गरेकाे छैन । केहि समय अगाडि उक्त पार्टीले पश्चिम नेपालको कालिकोट, जुम्ला, जाजरकोट लगायत पुर्वका विभिन्न जिल्लामा सैन्य तालिम समेत सञ्चालन गरेकाे रिपाेर्ट नेपाल प्रहरीले तयार गरी देशभरबाट विप्लवका सयाैँ नेता कार्यकर्ताहरू गिरफ्तार गरिसकेकाे छ ।

सैन्य प्रशिक्षण टोलीले यसअघि नै हतियार र सेनाको आवश्यकता, एकरुपता र आफ्नो ताकतबारे ब्रिफिङ गरिसकेकाे स्राेत बताउँछ । शक्ति सञ्चय गरेर आवश्यकता परेका बेला देखाउने भन्दै उक्त पार्टिले वैज्ञानिक समाजवाद प्राप्तिका लागि युवाहरूलाई सेनामा लाग्न आह्वानसमेत गरेकाे थियाे । सरकारले प्रतिवन्ध लगाए पश्चात विप्लव नेकपाका सबैजसाे नेता तथा कार्यकर्ताहरू भुमिगत रहेका छन्।

प्रतिकृया दिनुहोस्