News Portal

पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा काेराेना संक्रमण, ९ जनाकाे मृत्यु

रातोपोस्ट संवाददाता
६४७ पटक

काठमाडौं,२६ असाेज। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ११ हजार आठ सय २ पुगेको छ भने आइतबार १४ सय ७३ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ७७ हजार २७७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर प्रवक्ता गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ भने कोरोनाले मृत्यु हुनेको संख्या ६४५ पुगेको छ।

प्रतिकृया दिनुहोस्