News Portal

मेचीनगरका  १३ सहित झापामा थप ७९ जनामा काेराेना संक्रमण पुष्टी

रातोपोस्ट संवाददाता
६४८ पटक

मेचीनगर , १ कात्तिक। मेचीनगरका  १३ सहित झापामा शनिबार थप ७९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाकाे निधन भएकाे छ ।

स्वास्थ्य कार्यालय झापाका फाेकल पर्सन जीवन चौलागाईँका अनुसार काठमाडाैँ ठेगाना भएका ६ जना सहित मेचिनगर वडा न. ६ र १० का २ महीला र ११ पुरूष गरी १३ जनमा संक्रमण पुष्टी भएकाे छ।

त्यस्तै भद्रपुर नगरपालिका  वडा न.  ६, ८ र १० का १३ जना (८ शुरक्षाकर्मी ) , विर्तामाेड नगरपालिका वडा न. १, २, ३, ५ ,६, ७ र ९ का २२ जना , दमक नगरपालिका वडा न. २, ५, ६, ८ र ९ का १४ जना (१ काे मृत्यु), कनकाइ नगरपालिका वडा न. २, ३, ४, ५ र ९ का ९ जना , हल्दीवारी गाउँपालिका वडा न. २ का १ जना, कमल गाउँपालिका वडा न. ६ का ३ जना , गाैरादह नगरपालिका वडा न. १ र १० का २ जना (१ काे मृत्यु ) र शिवसताक्षी नगरपालिका वडा न. ४ र ११ का २ जना गरी जम्मा ७९ जनामा संक्रमण पुष्टी भएकाे छ।

 

प्रतिकृया दिनुहोस्