News Portal

झापामा आज थप ३१ जनामा काेराेना संक्रमण, १ जनाकाे मृत्यु

रातोपोस्ट संवाददाता
८०६ पटक

झापा, १७ मंसिर । पछिल्लाे २४ घण्टामा  झापामा थप  ३१ जनामा काेराेना भाइरस (काेभिड-१९ ) संक्रमण पुष्टि  भएकाे छ भने १ जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा दमक -२ का ६७ वर्षिय पुरूष रहेका छन्।

संक्रमित हुनेहरूमा दमक वडा नं. ५ र ७ का २ जना, बिर्तामाेड वडा नं. ४,५ र ६ का  ४ जना ,  मेचिनगर वडा नं. ६ र १४ का ६ जना ,भद्रपुर वडा नं.  १० का २ जना रहेका छन्। त्यस्तै कनकाइ वडा नं. २ र ६ का २ जना, अर्जुनधारा वडा नं. २ का १ जना , हलदिबारी वडा नं. १ का १ जना, कचनकवल वडा नं. ३ का १ जना, शिवसतासी वडा नं. १र १० का ३ जना, बाह्रदशी वडा नं.३ का ५ जना  अन्य ठेगाना भएका  ४  जना गरी ३१  जनामा संक्रमण पुष्टि भएकाे  स्वास्थ्य कार्यालय झापाका  फाेकल पर्सन जिवन चौलागाईँले जानकारी दिएका छन्,।

आजसम्म  झापामा ३३४२३ जनाकाे स्वाव परिक्षण गरिएकाे छ भने कुल संक्रमितकाे संख्या ३९५१ पुगेकाे छ। त्यस्तै आजसम्म काेराेना जित्नेहरूकाे संख्या २६०९ रहेकाे छ भने आइसाेलेसनमा रहेका सक्रिय संक्रमितकाे संख्या १२२८ रहेकाे र हालसम्म ११४ जनाकाे मृत्यु भएकाे छ।

प्रतिकृया दिनुहोस्