News Portal

चीनले चन्द्रमामा फहरायो आफ्नो झण्डा

रातोपोस्ट
४७४ पटक

एजेन्सी, २१ मंसिर  । अमेरिकी सफलताको ५० वर्षपछि चीनले पनि चन्द्रमामा आफ्नो झन्डा गाडेको छ । चीनको नेशनल स्पेस विभागले चन्द्रमाको सतहमा चिनियाँ झन्डा गाडिएको तस्बिर सार्वजनिक गरेको हो ।

तस्बिर चीनको चाङइ ५ यानले खिचेको र जुन अहिले चन्द्रमाको ढुंगाको नमूना सहित पृथ्वीमा फर्कदैछ ।यसअघिका दुईवटा चिनियाँ अन्तरिक्ष मिसनमा झन्डा लगाउने प्रयास गरिएकोमा तिनीहरु सतहमा अडिन सकेका थिएनन् ।

सन् १९६९ को अपोलो ११ मिसनमा अमेरिका चन्द्रमामा झन्डा गाढ्ने विश्वकै पहिलो देश बनेको थियो ।त्यसपछि पनि अमेरिकाले विभिन्न मिसन अन्र्तगत १९७२ सम्म पाँचवटा झन्डा गाढेको थियो । २०१२ मा नासाको स्याटलाइट तस्बिरले ती पाँचैवटा अमेरिकी झन्डा स्थिर रुपमा रहेको तस्बिर सार्वजानिक गरेको थियो ।

चीनको राष्ट्रिय संचारले यसबारे उल्लेख गर्दै चिनियाँ झन्डाले ५० वर्ष अगाडिको अपोलो मिसनका बेलाको उत्साह र प्रेरणाको झल्को दिएको बताएको छ । सो झन्डालाई चिसो, तातो सबै तापमानबाट सुरक्षित राख्न विभिन्न आधुनिक फिचरयुक्त सुरक्षा दिइएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्