News Portal

गौरादहमा रक्तदान कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
१२५४ पटक

झापा, २५ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ र यसका कारण जारी निषेधाज्ञाकामा रगतको अभाव कम हुन नदिन गौरादह बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोभिड–१९ को सङ्क्रमणको त्रास र निषेधाज्ञाका कारण झापामा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न गौरादहमा रक्तदान गरिएको हो।

नेपाल रेडक्रस सोसाइटी गौरादह उपशाखाको आयोजना तथा रक्त सञ्चार केन्द्र बिर्तामोडको प्राबिधिक सहयोगमा मंगलबार कार्यक्रम गरिएको हो। गौरादह वडा नम्बर एक स्थित गौरादह बजारमा आयोजित कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । जसमा ४९ पुरुष र ३ महिलाले रक्तदान गरेको रेडक्रसकर्मी संजीव कार्कीले जानकारी दिए ।

निषेधाज्ञाको अवस्था र कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै रक्तदान गरिएको हो।कार्यक्रममा नेकपा माओवादी केन्द्र झापा जिल्ला सचिवालय सदस्य पुष्प ढकालले निषेधाज्ञामा रक्तदान जस्तो पुण्य कार्य गरेकोमा प्रसन्नता व्यक्त गरे। रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याए।

त्यस्तै कोरोनाको सङ्क्रमणबाट विश्व नै आतङ्कित भइरहेको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी रक्तदातालगायत अन्य सहयोगीलाई गौरादह रेडक्रस सभापति केदार ताजपुरियाले धन्यवाद दिए।  रक्तदान कार्यक्रममा स्थानीयबासी, विभिन्न संघ संस्थाका पदाधिकारी लगयातको उपस्थिति थियो।

प्रतिकृया दिनुहोस्