News Portal

अर्जुनधारा नगरपालिकाले कोरोना पीडित परिवारलाई राहत दिने

रातोपोस्ट संवाददाता
३७७ पटक

झापा, जेठ २५ । झापाको अर्जुनधारा नगरपालिकाले कोरोना महामारीबाट पीडित बनेका विपन्न परिवारलाई राहत वितरण गर्ने तयारी गरेको छ । कोरोना संक्रमण भइ होम आइशोलेसनमा बसेका विपन्न परिवारलाई राहत वितरण गर्ने तयारी गरेको हो ।

कोरोना कहरका बेला संक्रमित भएर घरमै बस्नु परेको बेला मजदुरीसम्म गर्न नपाएका विपन्न परिवारलाई राहत उपलब्ध गराउन लागिएको हो ।नगरको सीसीएमसीको सिफारिसमा बोर्ड बैठकले निर्णय गरे अनुसार पहिलो चरणमा प्रतिपरिवार २० केजी चामल, २ केजी दाल, डेढ लिटर खानेतेल र एक केजी नुन उपलब्ध गराइनेछ ।

नगरको आरआरटी टिमले छनोट गरेको विपन्न तथा कोरोना पीडित परिवारलाई कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले जनप्रतिनिधिको रोहवरमा राहत वितरण गर्नेछन् । पहिलो चरणमा एक सय विपन्न परिवारका लागि खाद्यान्न वितरण गर्ने तयारी गरिएको फोकल पर्सन बस्नेतले जानकारी दिए । कोरोनाको दोस्रो लहरमा नगरका ६ सयको हाराहारीमा संक्रमित भइसकेका छन् भने डेढ दर्जनले ज्यान गुमाइसकेका छन् ।

प्रतिकृया दिनुहोस्