News Portal

युवा संगठन नेपाल इलामद्वारा काेभिडबाट ज्यान गुमाउनेहरूप्रति दिप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण

रातोपोस्ट संवाददाता
३७८ पटक

इलाम,२६ जेठ। नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल इलामले कोभिड-१९ बाट दु:खद रुपमा ज्यान गुमाउन पुगेका नेपाली नागरिकहरु प्रती दिप प्रज्वलन मार्फत भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै, सोकाकुल परिवार प्रती गहिरो समवेदना प्रकट गरेको छ ।

कोभिड-१९ बाट प्रभावित इलामका जनताहरुको सहज रुपमा उपचार ब्यवस्था मिलाउन निरन्तर प्रयत्न गर्नुका साथै सरोकारवालाहरूलाई जानकारी गराइरहेको युवा संगठन नेपाल यसअघि पनि निरन्तर जनताहरुको सहयोगमा जुटिरहेकाे थियोे ।

सिंगो स्वास्थ्य क्षेत्र माफियाहरुको हातमा रहेको भन्दै , राज्य लाचार र निरीह बनिरहेको युवा संगठन नेपालले यस्तो विषम अवस्थामा आम नागरिकहरुले खाली यो सरकारी ब्यवस्थापनको मात्र भर नपरेर सुरक्षा मापदण्ड अपनाउँदै कोभिड बाट आफू बच्न र आफ्ना हरुलाई बचाउन अनुरोध समेत गरेको छ।

पुंजिवाद कति निर्दयी र निकृस्ट हुन्छ भन्ने यो महामारिमा माफियाहरुका अस्पतालले नागरिकहरु माथी देखाएको व्यवहार र पुंजिवादको संरक्षक संसदिय व्यवस्थाको जनस्वास्थ्य प्रतीको गैरजिम्मेवार पन र लाचारिले स्पस्ट गरिसकेको समेत युवा संगठन नेपालल जनाएको छ । संसदिय पुंजिवादी व्यवस्थाका कंयौ रास्ट्र र जनबिरोधी हर्कतहरु मध्ये महामारिको यो विषम परिस्थिमा जनस्वास्थ्य माथी भएको घिन लाग्दो खेलबाडले पनि संसदिय व्यवस्थाको अन्त्य र बैज्ञानिक समाजवादि सत्ता स्थापना अनिवार्य बन्न पुगेको सबैमा स्पस्ट भैसकेकाे र जनताले आफ्नो सत्ता बैज्ञानिक समाजबाद प्राप्त गर्नु नै तमाम संकटहरुको समाधान रहेको संगठनले जनाएको छ ।

मडारिएको यो संकटले पैदा गर्ने हरेक संभावनाहरुलाई दरो गरि पकड्न र सोही अनुसार तय भएका योजनाहरुमा आफुलाई समाहित गर्दै संसदिय व्यवस्था अन्त्यको लागि आ- आफ्नो स्थानबाट सबै प्रकारका भुमिका निर्वाहा गर्न समेत संगठनले सबैमा विशेष अपिल गरेकाे छ ।

प्रतिकृया दिनुहोस्