News Portal

एकका लागि एक अभियानद्वारा झापामा अक्सिजन बैंककाे उद्घाटन

रातोपोस्ट संवाददाता
४२१ पटक

झापा, २६ जेठ । झापामा एकका लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंकको आज औपचारिक उद्घाटन गरिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले अक्सिजन बैंकको उद्घाटन गरेका हुन् ।

अक्सिजन सिलिन्डरको अभावलाई मध्यनजर गर्दै एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्न देशबाहिर र जनस्तरबाट १ करोड ५३ लाख ७५ हजार सहयोग जुटाएको छ ।

अभियानले ३ सय सिलिन्डर खरिद गरेर ल्याइसकेको र थप २ सय सिलिन्डर ल्याउने तयारी गरेको अभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार सिलिन्डर खरिद गरेर बाकी रहेको रकम कोभिड नियन्त्रण कै लागि खर्च गरिने छ । सो सिलिन्डर जिल्लाका अस्पताल , आइसोलेशन सेन्टर र सर्बसाधरणलाई उपलब्ध गराइने छ ।

अभियानले १ हजार ११ थान सिलिन्डर खरिद गर्ने छ । रिफिलका लागि ८ सय रुपैयाँ लिएर सिलिन्डर उपलब्ध गराइने बताएको छ । अभियानले सरकारी,निजी क्षेत्र र उधोगी ब्यवसायीहरुको सहयोगमा अक्सिजन प्लाण्ट समेत स्थापना गर्ने सोच बनाएको अभियानका संयोजक गिरीले जानकारी दिए ।

कार्यक्रममा प्रजिअ तिमिल्सिनाले अभियानलाई धन्यवाद दिदै अक्सिजन प्लान्ट स्थापना गर्न आग्रह गरेका छन् । उनले महामारीमा सबै क्षेत्रको सहयोग र सहकार्य जरुरी रहेको बताएका छन् । उद्घाटन कार्यक्रम अन्तर्राष्ट्रिय झापाली समाजले १५ लाख र झापा जिल्ला सहकारी संघले ५ लाख सहयोग उपलब्ध गराएको छ ।

प्रतिकृया दिनुहोस्